Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ललितपुरमा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुन : निर्माण – Lekhanpeeth

ललितपुरमा पुरातात्विक महत्वको ऐतिहासिक धारा पुन : निर्माण

162
0
Share:

काठमान्डौ/ललितपुर महानगरपालिका वडा नं ४ जावालाखेलमा ऐतिहासिक (जरुँहिटी) उत्खनन गरेर ललितपुर महानगरपालिकाले पुनः निर्माण गरेको छ । ऐतिहासिक धारा (जरुँहिटी) ललितपुर महानगरले पार्क निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएकाले ललितपुर महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा पुनः निर्माण गरेको हो ।

 

ताम्राकार समाजले बाटो हिँड्नेलाई पानी पिउन सहजताको लागि परम्परागत रुपमा निर्माण गरिएको उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिए । उनको अनुसार हाल ललितपुर महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित शुद्ध पिउने पानी स्वचालित रुपमा सञ्चालित छ ।

 

ललितपुर महानगरपालिका–४ जावलाखेल मोसिख्योमा पार्क निर्माण गर्नेक्रममा पुरातात्विक महत्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि ताम्राकार समाजसँगको सहकार्यक्रमा उक्त धारा (जरुँहिटी) को पुनःस्थापना गरेको ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिए । उनले भने, “उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकार समाजसँग सम्बन्धित भएकाले आउने दिनहरुमा ताम्राकार समाजले नै धाराको संरक्षण गर्नेछ ।”

 

महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनः निर्माण गर्नेक्रममा धारा जरुँहिटीलाई पुनःस्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले जानकारी दिए ।

 

Share: