Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कृषि मन्त्रालयका कर्मचारी ११ दिनदेखि धर्नामा – Lekhanpeeth

कृषि मन्त्रालयका कर्मचारी ११ दिनदेखि धर्नामा

135
0
Share:

काठमान्डौ/विगत ११ दिनदेखि कृषि मन्त्रालयका कर्मचारीहरू धर्नामा रहेका छन् । मन्त्रालय प्राङ्गणमा कृषि समूहका प्राविधिक कर्मचारीहरु समायोजन पछि बढुवा नभएको भन्दै धर्नामा बसेका हुन् ।

 

उनीहरुले हरेक दिनजसो मन्त्रालयको गेटमा धर्ना दिइरहेका छन् । धर्नारत कर्मचारीले समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको जनाउँदै दरबन्दी प्राप्तिका लागि धेरै पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिँदै आएका छन् ।

 

कर्मचारीका समस्या समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पुगिसकेको तथा चालु आर्थिक वर्षमा माग सम्बोधन हुनेमा आफूहरू विश्वस्त रहेको उनीहरूको भनाई छ ।

Share: