Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
धान रोप्ने क्रममा चट्याङ लागेर २ महिलाको मृत्यु – Lekhanpeeth

धान रोप्ने क्रममा चट्याङ लागेर २ महिलाको मृत्यु

228
0
Share:

काठमान्डौ/बाँकेमा धान रोप्ने क्रममा चट्याङ लागेर २ महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुरका ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन्।

 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार गाउँमा धान रोप्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो।

 

चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन्। उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Share: