शुक्रबार प्रतितोला १८०० रुपैयाँले बढ्यो सुनको मूल्य

112
0
Share:

काठमान्डौ/शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ हजार ८०० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ८०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार १ हजार ८०० रुपैयाँले बढेको हो ।

 

बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

उक्त भाउ हालसम्म कै उच्च हो । यसअघि असार २३ गते १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको सुनको भाउले रेकर्ड कायम गरेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, शुक्रबार चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

Share: