सुनको भाउ हालसम्मकै महँगो, अब एक तोला सुन किन्न डेढ लाख चाहिने

125
0
Share:

काठमान्डौ/सुनको भाउ लगातार रेकर्ड बिन्दुमा कारोबार भइरहेको छ । सुनको मूल्यले असार ३० गतेदखि लगातार ऐतिहासिक रेकर्ड कायम गर्दै आएको हो ।

 

बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो ।

Share: