Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
झापाको पुँजीगत खर्च ८७ प्रतिशत – Lekhanpeeth

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

184
0
Share:

काठमान्डौ/गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगतर्फ चार अर्व ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।

 

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीकानुुसार जिल्लाको पुँजीगततर्फ पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ विनियोजन भएको थियो । “चालुतर्फको विनियोजित १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० मध्ये ९७ दशमलव ३० अर्थात १५ अर्ब सात करोड ५६ लाख ५५ हजार सात सय ९९ खर्च भएको छ” उनले भने ।

 

समग्रमा झापामा गत वर्षका लागि विनियोजित बजेटको ९४ दशमलव ६० अर्थात १९ अर्व ८७ करोड ८० लाख १० हजार दुई सय १२ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ । यहाँ गत आव २०८०/०८१ १९ अर्ब ४८ करोड २८ लाख ८६ हजार नौ सय १८ राजश्व सङ्कलन भएको छ ।

 

सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाबाट १४ अर्ब २३ करोड १३ लाख ८३ हजार नौ सय ९० रहेको संकलन भएको हो ।

Share: