Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनको घुइँचो – Lekhanpeeth

आज साउनको पहिलो सोमबार, पशुपतिमा भक्तजनको घुइँचो

205
0
Share:

काठमान्डौ/आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा पूजा अर्चनाका लागि बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

 

साउन महिनाको प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

 

व्रतले हाम्रो जीवन, स्वास्थ्य, आध्यात्मिक उन्नति, मनको शान्तिलाई सकारात्मक प्रभाव पार्ने धर्मशास्त्रका जानकारहरू बताउँछन् ।रातिदेखि नै झरी परिरहे पनि काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा हरियो, पहेँलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो देख्न सकिन्छ ।

Share: