
काठमान्डौ/बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सपथ लिएका छ्न् ।
प्रदेश प्रमुखको कार्यलयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई सपथग्रहण गराएका हुन् ।
काङ्ग्रेस संसदीय दलका नेता लामा कांग्रेसबाट बागमती प्रदेशमा पहिलो मुख्यमन्त्री बन्न सफल भए । नुवाकोटबाट प्रदेशसभामा विजयी लामा यस अघि बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थिए ।