स्रोत नखुलेको ११ लाख ६५ हजार नगद सहित दुई पक्राउ

Share:

काठमान्डौ/तनहुँको ब्याँस नगरपालिका ३ दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगद ११ लाख ६५ हजार रूपैयाँ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका ५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका १० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा।५७ प ७५०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Share: