सौर्य एयरलाइन्सले गुमायो चार उच्च अधिकारी

204
0
Share:

काठमान्डौ/सौर्य एयरलाइन्सले व्यवस्थापन टिमका उच्च अधिकारीहरू गुमाएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागर आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्माको नाम उल्लेख छ ।

 

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । क्याप्टेन मनिषरत्न शाक्य घाइते छन् ।

 

उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

Share: