Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घट्यो – Lekhanpeeth

शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घट्यो

224
0
Share:

काठमान्डौ/साताको अन्तिम कारोबार दिन शुक्रबार आज छापावाला सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । प्रतितोला ३०० रुपैयाँ घटेसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४४ हजार ३०० कारोबार भएको थियो ।

 

यस्तै, शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

Share: