कृषि समितिको सभापतिमा कुसुम थापाद्वारा उम्मेदवारी दर्ता

62
0
Share:

काठमान्डौ/प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ ।

 

संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा कांग्रेस सांसद बीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहेका छन् ।

 

यसअघि समिति सभापति रहेकी डा, आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति पद खालि भएको थियो । एकल रुपमा उम्मेदवारी परेपछि सांसद थापा निर्विरोध सभापति चयन भएकी छन् ।

 

कांग्रेसको समानुपातिक सांसद रहेकी थापा पार्टी महामन्त्री गगन थापानिकट नेतृ हुन् ।

Share: