Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ – Lekhanpeeth

श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

355
0
Share:

काठमान्डौ/मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई  दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् ।

 

 

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो ।

 

मंगलबार त्रिभुवन विमानस्थलबाट ४: ५० बजे धनगढीका लागि उडेको जहाज उडेलगत्तै ओझाले दुईजना एयरहोस्टेजमध्ये एकलाई जिस्काएका थिए । सो घटना पाइलटले धनगढीस्थित नागरिक उड्डयन प्राधिकरणलाई गराएपछि जहाज अवतरण गर्नासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

Share: