Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय समिति हेरफेरको विवरण – Lekhanpeeth

रास्वपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय समिति हेरफेरको विवरण

180
0
Share:

काठमान्डौ/रास्वपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ। राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनैतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिन भित्र निर्वाचन आयोगलाई बुझाउनु पर्ने व्यवस्था भए बमोजिम रास्वपाले एक महिना पुग्नु अगावै विवरण हेरफेरको जानकारी दिएको हो ।

 

गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा. मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुसन्धानात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेको थियो ।

 

उक्त निर्णय भएपछिको अद्यावधिक विवरण बिहीबार निर्वाचन आयोगमा बुझाइएको रास्वपाले जनाएको छ । रास्वपाले रिक्त महामन्त्रीको पदको जिम्मेवारी कार्यवाहक महामन्त्रीको रूपमा सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीलाई दिएको छ भने रिक्त प्रवक्ताको जिम्मेवारी कार्यवाहक प्रवक्ताको रूपमा सहप्रवक्ता एवं सांसद मनिष झालाई दिएको छ।

Share: