Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
घोराही–तुलसीपुर सडक खण्ड खुल्यो – Lekhanpeeth

घोराही–तुलसीपुर सडक खण्ड खुल्यो

Share:

काठमान्डौ/दाङको घोराही–तुलसीपुर सडक खण्ड दिउँसोदेखि खुलेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० अमराईमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि पीडित पक्षले आज बिहानैदेखि बन्द गराएको सडक खुलेको हो ।

 

टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका–१५ का ३९ वर्षीय कुलबहादुर बस्नेतको ज्यान गएको थियो । आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै सडक खण्ड बन्द गरेका थिए । प्रहरी प्रशासनको रोहोबरमा भएको छलफलपछि टिप्पर धनीले मृतकका आफन्तलाई झन्डै नौ लाख रुपैयाँ क्षतिपूर्ति रकम दिने सहमति भएको छ ।

 

Share: