Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य एकैदिन प्रतितोला २३ सय रुपैयाँ घट्यो – Lekhanpeeth

सुनको मूल्य एकैदिन प्रतितोला २३ सय रुपैयाँ घट्यो

190
0
Share:

काठमान्डौ/सुनको भाउ एकैदिन प्रतितोला २३ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ मंगलबार प्रतितोला २ हजार ३०० रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तै, मंगलबार चाँदी १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य सोमबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: