Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल – Lekhanpeeth

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

133
0
Share:

काठमान्डौ/मेष : रमाइलोको नाममा खर्च बढ्नेछ। रुपको घमण्ड हुनसक्छ। आज धन आर्जन गर्न सहज हुने दिन छ तर इज्जत र संस्कार गुम्ने खतरा देखिन्छ। दिन सहज नभए पनि स्वास्थ्यमा सुधार हुनेछ र परिवारले साथ मिल्नेछ।

 

वृष : आज तपाईंको बोलीकै कारण धेरै कामहरु बन्नेछन्। राजनीतिक, सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। खानामा अरुची हुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारसँगको सम्बन्ध शान्त र सहज हुनेछ।

 

मिथुन : आम्दानीभन्दा खर्च बढेर जाने दिन छ। ठुलो योजना र उद्योगमा लगानी नगर्नु राम्रो हुनेछ। तपाईंको निर्देशन अनुसार अगाडि बढेको काम भने सफल बन्नेछ। धार्मिक व्यक्तित्वको सेवा गर्ने अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध रमाइलो बन्नेछ।

 

कर्कट : शुद्ध र शान्त भएर बसेमा भाग्यको उदय हुने दिन छ। लामो समयदेखि प्रतिक्षा गरेको महत्त्वपूर्ण काम बन्नेछ। शान्त भएर अगाडि बढेमा एकपछि अर्को अवसर प्राप्त हुनेछ। लगानीका क्षेत्रमा हिम्मत गरेमा फाइदा होला। स्वास्थ्य अवस्थामा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध भने खराब बन्नसक्छ।

 

सिंह : चुपचाप काम गर्दा फाइदा हुनेछ। काम गर्नु अगाडि हल्ला गर्न थालेमा तपाईंलाई असफल बनाउने समूह सक्रिय हुने जोखिम देखिन्छ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन हो। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

 

कन्या : दिन धेरै रमाइलो छ। समयको सदुपयोग गर्नुपर्नेछ। जीवनकै महत्वपूर्ण कार्यसूची बन्न सक्छन्। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ प्राप्त होला। वैदेशिक लगानीमा उत्साह बढ्नेछ। पारिवारिक प्रेम सम्बन्ध कसिलो बन्नेछ।

 

तुला : आज प्रतिभा प्रदर्शनमा समय खर्च हुनेछ। बिना शुल्क समाजसेवा गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। तपाईको इमान्दारिताको फाइदा लिनेहरुबाट सचेत बन्नु राम्रो हुन्छ। पारिवामा प्रेमको वातावरण बन्नेछ।

 

वृश्चिक : खानपानमा सचेत हुनुपर्नेछ। शिक्षाको लगानीबाट नाफा र स्वदेशी लगानीबाट उत्साह बढ्नेछ। तपाईंको कामको प्रशंसा हुने योग छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

 

धनु : आज शिक्षाको क्षेत्रमा सम्मान प्राप्त हुनेछ। लगानीको क्षेत्रबाट फाइदा हुने योग छ। जीवनमा प्राप्त उन्नतिले मनमा शान्ति मिल्नेछ। राजनीति र परिवारमा प्रिय पात्र भनेर तपाईंको परिचय थपिने समय छ।

 

मकर : सञ्चित धन खर्च हुने समय छ। तपाईंको कुरा काट्नेहरु बढ्नेछन्। राज्यको तर्फबाट भय र त्रास हुने दिन छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। राजनीतिक क्षेत्रमा संकट आए पनि परिवारको साथ मिल्नेछ।

 

कुम्भ : आज ग्रह गोचरको राम्रो समय रहेको छ। तपाईंको योजना अनुसार तयार भएको महत्त्वपूर्ण कामले निरन्तरता पाउनेछन्। लगानी भए शिक्षा र स्वास्थ्यमा नाफा होला। वैदेशिक क्षेत्रको लगानी श्रमबाट उत्साह थपिनेछ। पारिवारिक प्रेम सम्बन्ध सुदृढ रहनेछ।

 

मीन : तपाईंलाई साढे साती दशा चल्दैछ। झुठा आरोपको सामना गर्नुपर्नेछ। मन अशान्त बन्नसक्छ। जुनसुकै काममा पनि ढिलासुस्ती हुने योग छ। हिजोका सहयोगनी नै विपक्षीसँग पुग्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

Share: