विदेश पठाइदिने भन्दै २ करोड ठगी गर्ने १ जना पक्राउ

92
0
Share:

काठमान्डौ/वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ८५ जनाबाट करिब २ करोड रुपैयाँ ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने सिरहाको कर्जन्हा नगरपालिका–६ का ३२ वर्षीय गुनेशकुमार ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

 

उनले बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेतलगायत देश पठाइदिन्छु भनी ८५ जनाबाट १ करोड ९७ लाख १७ हजार रुपैयाँ लिई बेपत्ता भएका थिए ।

 

उजुरी आएपछि खटिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई इमाडोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Tagsarrest
Share: