Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद चर्किएका बेला दुई उद्योगले तिरे बक्यौता – Lekhanpeeth

डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद चर्किएका बेला दुई उद्योगले तिरे बक्यौता

272
0
Share:

काठमान्डौ/नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद चर्किरहेको बेला दुई उद्योगले बक्यौता रकम बुझाएका छन्।

 

भैरहवा वितरण केन्द्रबाट डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका सोना पोलिमर्स र सोना प्याकेजिङले बक्यौता रकम बुझाएको हुन्। २५ प्रतिशत जरिवानासहित सोना पोलिमर्सको नाममा ३ लाख ४६ हजार ३८९ र सोना प्याकेजिङका नाममा ३ लाख ५५ हजार ६७ रुपैयाँ बक्यौता रकम थियो।

 

भैरहवा वितरण केन्द्रका प्रमुख सञ्जय मिश्रका अनुसार दुई उद्योगले केही दिन पहिले बक्यौता बुझाएको जानकारी दिए।

 

‘सोना पोलिमर्स र सोना प्याकेजिङले केही दिनअघि मात्र सबै बक्यौता रकम बुझाउनुभएको छ’, उनले भने, ‘अरू उद्योगी पनि निरन्तर छलफल मै हुनुहुन्छ।

Share: