Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण – Lekhanpeeth

धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण

220
0
Share:

काठमान्डौ/धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ९३२५० ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको हो ।

 

लायन्स क्लब इन्टरनेशनलका अनुसार पहिरोपीडित ५५ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । प्रत्येक परिवारलाई चामल, दाल, नुन तेल, लत्ताकपडा प्रदान गरिएको छ । पहिरोमा ज्यान गुमाएकाहरूका र घाइतेका ४० परिवारलाई सिरक, डसना वितरण गरिएको छ ।

 

रेसेफाँटमा यही साउन १३ गते पहिरोमा परी एकै परिवारका तीन जनासहित पाँच जनाको मृत्यु भएको थियो ।

Share: