
काठमान्डौ/साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य सामान्य घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ७०० रुपैयाँ बढेको सुनको मूल्य सोमबार १०० रुपैयाले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।