रास्वपाले बोलायो संसदीय दलको बैठक, यी हुन चार एजेण्डा

99
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोली मंगलबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको हो ।

 

बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयकमाथि छलफल हुने छ ।

 

यस्तै प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू सम्बन्धी र कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे छलफल हुने बताइएको छ ।

Share: