
काठमान्डौ/प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिस डाँडामा सुरु बैठकमा आज १४ जना नेताले आफ्नो धारणा राख्ने बताईएको छ । स्थायी कमिटी बैठक भोलि नै समापन गरिने जनाईएको छ ।
जारी बैठकमा वर्तमान राजनीतिक परिस्थिति, समाजवादी विचारको विकास, पार्टी निर्माण र भावी योजनाबारे खुलाखुलस्त छलफल भैरहेको छ । यसपटक अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र खुला छलफल गराएका छन् । नेतृत्वको समेत खुलेर आलोचना गरिएको छ । कतिपय नेताले त नेतृत्व परिवर्तनको आवाजसमेत उठाएका छन् ।