Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतमा नेपाली क्रिकेट टिमको प्रशिक्षण सुरु – Lekhanpeeth

भारतमा नेपाली क्रिकेट टिमको प्रशिक्षण सुरु

198
0
Share:

काठमान्डौ/नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा प्रशिक्षण सुरु गरेको छ। सोमबार भारत गएको नेपाली टिमले मंगलबारदेखि प्रशिक्षण सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

 

नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता प्रशिक्षण गर्नेछ। यो अवसर क्यानको पहलमा बीसीसीआईले उपलब्ध गराएको हो।

 

नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत क्यानडामा हुने शृङ्खलाका लागि आवश्यक तयारीका लागि प्रशिक्षण गर्न भारत पुगेको हो।

 

प्रशिक्षणमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिन सन्दीप लामिछाने भने सहभागी छैनन्। क्यानडाको ग्लोबल टी-२० लिग खेल्न क्यानडा पुगेका तीनै जना खेलाडी स्वदेश फर्किएका छैनन्।

Share: