
काठमान्डौ/भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहीबार बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो । सोही क्रममा पछाडिबाट आएको ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरसहित चालकलाई घिसारेको थियो ।
सोही क्रममा महिलाको मृत्यु भएको हो । अवस्था तनावपूर्ण भएपछि सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ । मृतक महिलाको परिचय खुल्न बाँकी रहेको उपत्यका ट्राफिक प्रहरीका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए ।



