साफ यू-२० च्याम्पियनसिप आजदेखि : नेपाल र श्रीलंका भिड्दै

Share:

काठमान्डौ/साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ ।

 

समूह ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

 

साफ यु-२० च्याम्पियनसिपमा पाकिस्तानसहित दक्षिण एसियाका ६ टोलीको सहभागिता छ । समूह ए मा नेपाल र श्रीलंकासहित बंगलादेश छ भने साविक विजेता भारतसहित भुटान र माल्दिभ्स समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

Share: