
काठमान्डौ/भारत भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय समकक्षी एस जयशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुनेभएको छ ।
भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो । देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोजसमेत आयोजना गर्नुभएको छ ।