पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

137
0
Share:

काठमान्डौ/गए रातिको वर्षासँगै पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडक अवरुद्ध भएको छ । कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

 

जिल्लाबाट बाहिरिने र भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं आउने दिवा तथा रात्रिसेवाका बस सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका हुन् । पटक–पटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधन पनि सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नुपरेको छ ।

 

पहिरो पन्छाउन केही समय लाग्ने सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए ।

Share: