इटालीमा डुंगा डुब्दा एकको मृत्यु, छ जना बेपत्ता

64
0
Share:

काठमान्डौ/इटालीमा डुंगा डुब्दा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना बेपत्ता भएका छन् । सिसिलीको तटीय क्षेत्रमा आएको आँधीका कारण पर्यटनका लागि प्रयोग गरिने एक आरामदायी डुंगा डुब्न पुगेको थियो।

 

उद्धारकर्मीले बेपत्ता भएका अन्य छ जनाको खोजी गरिरहेको अधिकारीहरूले बताएका छन् । इटालियन कोस्ट गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बिहान ५:०० बजेको समयमा हिंसात्मक आँधीबेहरीपछि बेलायती ध्वजाबाहके बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै डुबेको छ ।’

 

सामुद्रिक तटीय क्षेत्रमा सुरक्षार्थ तैनाथ गरिएका कोस्ट गार्डका अनुसार हेलिकप्टरको सहयोगमा उद्धारकर्मीले सोमबार एक जनाको शव फेला पारेको र बेपत्ता अन्य छ जनाको खोजी भइरहेको छ।

 

डुंगामा चालक दलका १० सदस्यसहित २२ जना सवार थिए । उद्धार गरिएकामध्ये आठ जनालाई अस्पताल भर्ना गरिएको छ ।

Share: