
काठमान्डौ/बुधबार सुनको भाउ नयाँ रेकर्डमा कारोबार भइरहेको छ । मंगलबार भाउ १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपैयाँ बढेसँगै नयाँ उचाइमा पुगेको हो ।
आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।