बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ११ सय रुपैयाँ घट्यो

145
0
Share:

काठमान्डौ/बिहीबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ । बुधबार ८०० रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको भाउ बिहीबर ११ सय रुपैयाँ घटेको हो । यो सँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: