Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौंको शंखमूलमा स्नुकर हाउस सञ्चालकको हत्या – Lekhanpeeth

काठमाडौंको शंखमूलमा स्नुकर हाउस सञ्चालकको हत्या

Share:

काठमान्डौ/काठमाडौंको शंखमुलमा पुरुषको हत्या भएको छ । आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि रहेको ‘टाइमपास स्नुकर हाउस’मा पुरुषको हत्या भएको हो ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार हत्या गरिएका व्यक्ति ४० वर्षीय रूपक वान्तवा रहेको खुलेको छ । उनी स्नुकर हाउसका सञ्चालक समेत हुन् ।

 

वान्तवामाथि राति करिब २ बजेतिर स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको पनि एसपी नवराज अधिकारीले जानकारी दिए । घटनामा संलग्न भएको आरोपमा केहीलाई नियन्त्रणमा लिइएको छ ।

Share: