Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो – Lekhanpeeth

आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो

162
0
Share:

काठमान्डौ/बुधबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार ८०० रुपैयाँले बढेको हो । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

Share: