Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चितवनको सिमलतालमा बस र ट्रक ठोक्किए – Lekhanpeeth

चितवनको सिमलतालमा बस र ट्रक ठोक्किए

Share:

काठमान्डौ/चितवनको सिमलताल नजिकै ट्रक र बस एकआपसमा ठोक्किएका छन् । आज बिहान मुग्लिन-नारायणगढ सडकखण्डको सिमलताल नजिकै उक्त दुर्घटना भएको हो ।

 

नारायणगढतर्फ गइरहेको एआर ०१-३६७४ नम्बरको भारतीय यात्रुवाहक बसर र मुग्लिनबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।

 

उक्त दुर्घटनामा परी बसमा सवार तीन जना यात्रु घाइते भएका छन् । त्यस्तै ट्रक चालकलाई पनि चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

Share: