
काठमान्डौ/घरेलु बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । आइतबार सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ६०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ३००रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ९०० रुपैयाँ थियो । यो दिन चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ घटेको हो । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ५७५ रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५३९ रुपैयाँ कायम भएको छ ।