Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
टानको अध्यक्षमा पाण्डे निर्वाचित – Lekhanpeeth

टानको अध्यक्षमा पाण्डे निर्वाचित

164
0
Share:

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी राजेन्द्र सापकोटालाई १०० मतले पराजित गर्दै सापकोटा विजयी भएका हुन् । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरे ।

 

यस्तै, महसचिवमा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा ९५५०० निर्वाचित भएका छन् । उनले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा पाण्डे समूहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा ५५८ मतका साथ विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा सापकोटा समूहका विष्णुप्रसाद लम्साल ९५३५० द्वितीय उपाध्यक्षमा सनम शेर्पा ९५४४० विजयी भएका छन् ।

 

यस्तैगरी, सचिवमा रिञ्जी जाङबु शेर्पा ९५९१०, कोषाध्यक्षमा गौतम राज वाग्ले ९५८३० र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएको टानले जनाएको छ ।

Share: