Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमालेको पोलिट्ब्युरो बैठक बस्दै, यस्ता छन् एजेन्डा – Lekhanpeeth

एमालेको पोलिट्ब्युरो बैठक बस्दै, यस्ता छन् एजेन्डा

188
0
Share:

काठमाडौं/सत्तारूढ दल नेकपा एमालेको पहिलोपटक पोलिट्ब्युरो बैठक मंगलबार बस्दैछ। बैठक आज अपरान्ह १२ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुनेछ।

 

सरकारको नेतृत्व गरेपछि पहिलाे पटक एमालेकाे पाेलिट्ब्युराे बैठक बस्न लागेकाे हाे।

 

सचिवालय बैठकले २०८४ सालसम्मका लागि तयार पारेको योजनाबारे विस्तृत छलफल हुने र बाँकी रहेका जिल्ला, पालिका र वडा अधिवेशन, सदस्यता र संगठन बिस्तार अभियानबारे छलफल हुने जनाइएकाे छ।

 

साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।

 

बैठक बुधबारसम्म चल्नेछ। एमालेको पोलिट्ब्युरो कमिटी ९० सदस्यीय छ।

Share: