सुनको मूल्य आज पनि स्थिर

71
0
Share:

काठमान्डौ/सुनको भाउ चार दिनदेखि स्थिर रहेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँ घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ४९५ दशमलव ४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ०४ डलरमा कारोबार भइरहेको छ ।

Share: