Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी – Lekhanpeeth

नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी

248
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताए। नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले अहिलेका युवापुस्तामाझ निराशा उत्पन्न भएको बताए ।

 

युवाहरु विदेशिने क्रम बढ्दो रहेको हुदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनको भनाइ छ । युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

 

कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सरिक हुन उनि पाल्पा आएका हुन । मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने उनले बताए । अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडी फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनको धारणा छ ।

Share: