सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

108
0
Share:

काठमान्डौ/आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

 

आइतबार सुन तोलाको १२ सयले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: