सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजको आकस्मिक अवतरण

96
0
Share:

काठमान्डौ/काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण भएको छ ।

 

काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गराइएको छ ।

 

विमानस्थलबाट उडेको केही मिनेटमा जहाजको ‘इण्डिकेटर’मा समस्या देखिएपछि जहाजलाई अवतरण गरिएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण नभई अवतरण भएको हो । “काठमाडौँबाट सुर्खेतका लागि आज बिहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो”, उनले भने, “ ह्वील स्टेरिङ लक भएकाले जहाज बीचबाटै फर्काइएको हो । अहिले विमानस्थलबाट हुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ ।”

 

यात्रुलाई अर्को जहाजबाट सुर्खेत पठाइएको छ ।

Share: