Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाली कथानक चलचित्र ‘ज्ञान शास्त्र’को शुभमुहूर्त सम्पन्न – Lekhanpeeth

नेपाली कथानक चलचित्र ‘ज्ञान शास्त्र’को शुभमुहूर्त सम्पन्न

149
0
Share:

काठमान्डौ/नेपाली कथानक चलचित्र ‘ज्ञान शास्त्र’को आइतवार ईच्छाकामना गाउँ पालिकाको दारेचोकमा अवस्थित ईच्छाकामनामा मन्दिरमा आइतवार शुभमुहूर्त गरिएको छ । ऋषि पंचमीको अवसर पारेर पूजाआजासहितको मुहूर्तमा फिल्मका प्रमुख कलाकार समिर झा र स्मारिका ढकालले मुहूर्त सट दिएका हुन्।

 

शुभमुर्हत समारोहमा स्मारिका ढकाल र समिरखानको अलावा निर्देशक दिनेस कुंवर, निर्माता प्रेम बहादुर श्रेष्ठ, लेखक आभास राना , निर्माण नियन्त्रक भोला सुवेदी (प्रणब) का साथै कलाकारहरु अनुज गुप्ता, साजल बर्तौला, साजन कार्की लगायतको उपस्थिती रहेको थियो ।

 

विकास बराल र प्रेमबहादुर श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुनलागेको यो चलचित्रमा नायक समिर खान र नायिकाद्वय स्मारिका ढकाल तथा पूर्णिमा थापाको प्रमुख भूमिका रहने छ ।

 

पछिल्लो समय टिकटकहुदै मोडलिंङ खेत्रमा अत्यधिक चर्चामा आउनुभएकी स्मारिका ढकालले यस चलचित्रबाट सिने क्षेत्रमा डेब्यु गर्न लागेका हुन । यस्तै, चलचित्रको मुख्य कलाकारमा सुशील पोख्रेल, सुरवीर पण्डीत, सुवास गजुरेल, श्याम राई, रविन्द्र झा, नरेश पौड्याललगायत रहेका छन्।

 

आभास रानाको लेखेन रहेको यस चलचित्रको निर्माण नियन्त्रकको रूपमा भोला सुवेदी (प्रणब) रहने छन् भने मुख्य सहायक निर्देशकमा बिनयराज पौडेल छन् । त्यसैगरी कृष्ण भण्डारी शर्माको शब्द रहेको यस चलचित्रको गीतमा संगीत शिव के परियार गर्नेछन भने चलचित्रलाई विष्णु परियारले छायांकन गर्दै छन्।

 

Share: