सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

111
0
Share:

काठमान्डौ/कांग्रेस -एमालेसहितका दलको सत्ता गठबन्धनले बुधबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नयाँ सरकार बनेको दुईमहिनापछि सरकारले गर्ने साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

 

आज साँझ नयाँ बनेको सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ । त्यो कार्यक्रम बनाइरहेका छौँ । त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ । लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहीँ लेख्ने तर संसदभित्रको काम हो । सरकारले चाहेर मात्रै हुँदैन शिक्षा दिवसको अवसरमा बुधबार काठमाडौैंको मुलपानीमा आयोजित कार्यक्रममा गगन थापाले भने ।

 

उनले आागमी संसदको शुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताए । शिक्षा विधेयक दसैं तिहार लगत्तै शुरु हुने संसदको हिउँदे अधिवेशनको शुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको उल्लेख गरे ।

Share: