Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रसियाकी एकातोरिनाले गण्डकीबाट एभरेष्ट भलिबल खेल्ने – Lekhanpeeth

रसियाकी एकातोरिनाले गण्डकीबाट एभरेष्ट भलिबल खेल्ने

192
0
Share:

काठमान्डौ/रसियाकी जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्ने भएकी छन्।

 

गण्डकीले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा एकातोरिनालाई अनुबन्ध गरेको हो। एकातोरिना रसियाको घरेलु लिगमा परिचित अनुहार हुन्। उनले रसिया तथा मंगोलियामा हुने घरेलु प्रतियोगिताहरु खेलेकी छन्। एकातोरिनाले नेपालमा भलिबल खेल्न आउन पाउनु आफ्नो लागि खुसिको कुरा भएको बताएकी छन्।

 

उनले भनिन्, ‘नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न आउन पाउँदा मलाई खुसि लागेको छ। छिटै कोर्टमा भेट हुनेछ।’ एकातोरिनाले दुई सिजन सन् २०१७ र २०१८ मा यु–२० रसियन लिग खेलेकी छन्। त्यस्तै उनले सन् २०२३–२४ मा मंगोलियन प्रिमियर लिग खेलेकी छन्।

 

गण्डकीले यसअघि भारतकी शिल्पा सिन्धु र रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो। गण्डकीले अझै एक खेलाडी अनुबन्ध गर्ने लक्ष्य बनाएको छ। आफ्नो तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेपछि टिमका प्रवन्धक विकास खेतानले तीन जना विदेशी खेलाडी टिममा रहँदा गण्डकी बलियो भएको बताए।

Share: