Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य – Lekhanpeeth

आज १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

203
0
Share:

काठमान्डौ/शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको छ । बिहीबार ८०० रुपैयाँले घटेको सुनको भाउ शुकबार प्रतितोला १५ सय रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

 

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ५९३ दशमलव ०२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ दशमलव ०४ डलरमा कारोबार भइरहेको छ ।

Share: