आज १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

83
0
Share:

काठमान्डौ/शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको छ । बिहीबार ८०० रुपैयाँले घटेको सुनको भाउ शुकबार प्रतितोला १५ सय रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

 

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ५९३ दशमलव ०२ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ दशमलव ०४ डलरमा कारोबार भइरहेको छ ।

Share: