Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतको अनुमति – Lekhanpeeth

रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतको अनुमति

Share:

काठमाडौं/सहकारीको रकम अपचलनमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतबाट प्रहरीले अनुमति लिएको छ।

 

आइतबार प्रहरीले गरेको निवेदनमा जिल्ला न्यायाधीश न्यायाधीश कृष्णजंग शाहको इजलासबाट पक्राउको अनुमति लिएको हो। पोखराको सूर्यर्दशन सहकारीको रकम गैरकानुनी रुपमा गोरखा मिडिया नेटवर्कमा ल्याएपछि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा प्रतिनिनिधिसभाले निर्देशन दिएको छ।

 

उक्त निर्देशन कार्यान्वयन गर्न सरकारले लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो।

Share: