Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आकस्मिक रूपमा फर्किँदै चीन भ्रमणमा गएको स्वर्णिम वाग्ले नेतृत्वको टोली – Lekhanpeeth

आकस्मिक रूपमा फर्किँदै चीन भ्रमणमा गएको स्वर्णिम वाग्ले नेतृत्वको टोली

220
0
Share:

काठमान्डौ/चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रूपमा नेपाल फर्किन लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो ।

 

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।

 

टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।

 

Share: