Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज ओमानसँग अन्तिम खेल खेल्दै नेपाल – Lekhanpeeth

आज ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

196
0
Share:

काठमान्डौ/क्यानडा भ्रमणमा रहेको नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अन्तिम खेल खेल्दैछ।

 

क्यानडामा भएको लिग-२को अन्तिम खेल नेपालले ओमानसँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८:४५ बजे खेल सुरु हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ। घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल पराजित भएको छ।

 

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)

Share: