Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आजदेखि मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गरिने – Lekhanpeeth

आजदेखि मेलम्चीको पानी काठमाडौंमा पथान्तरण गरिने

195
0
Share:

काठमान्डौ/आजदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ। मेलम्चीका संघ समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो।

 

मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर संघर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका थिए। दसैं अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमवार मेलम्ची पुगेको थियो।

 

मन्त्री यादवसहितको टोली र मेलम्चीका संघर्ष समितिबीच पानी काठमाडौंमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि आजदेखि मेलम्चीको पानी काठमाडौं आउने भएको हो।

 

Share: