
काठमान्डौ/साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य ओरालो लागेको छ। आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाला सुनको मूल्य १ लाख ६० हजार ५०० रुपैयाँ थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार २६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ६३ रुपैयाँ कायम भएको छ ।